PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

स्थायी कमिटी बैठक अगाडि नै ओली भेट्न प्रचण्ड बालुवाटारमा



पहिलोपोस्ट

स्थायी कमिटी बैठक अगाडि नै ओली भेट्न प्रचण्ड बालुवाटारमा

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु हुनु अघि नै प्रधानमन्त्री केपी शर्मा ओली भेट्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्।

बालुवाटार स्रोतका अनुसार अहिले ओली प्रचण्डबीच आजको बैठकको एजेण्डाका बारेमा छलफल भइरहेको छ। 'बालुवाटार आउनुभएको छ। अहिले छलफलमा हुनुहुन्छ। बैठककै बारेको छलफल हो,' स्रोतले भन्यो।

बुधवार १ बजे बालुवाटारमा बैठक बस्ने तय भएको छ।

विहानै आजको बैठक स्थगित गर्न ओलीले आफू निकट नेता शंकर पोखरेललाई खुमलटार पठाएका थिए।

बुधवारको बैठकमा ओलीले ल्याएको अध्यादेश विरुद्ध निर्णय गर्ने प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल समूहको तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell