काठमाडौं : बुढानीलकण्ठ नगरपालिका-९ न्युकोलोनी बस्ने मिरा राईको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-४ धुम्बाराही बस्ने ६८ वर्षीय राम बन्जारा लगायत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
उक्त स्थानमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५५ हजार ४ सय ३० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
