PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

नेतृत्वले आफ्नो कुरा नसुन्दा आजको परिस्थिति आएको गगन थापाको भनाई, बैठकअघि देउवालाई ४ प्रस्ताव



पहिलोपोस्ट

नेतृत्वले आफ्नो कुरा नसुन्दा आजको परिस्थिति आएको गगन थापाको भनाई, बैठकअघि देउवालाई ४ प्रस्ताव

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी नेतृत्वलाई ४ वटा प्रस्ताव गरेका छन्।

आज दिउँसो बस्ने केन्द्रीय पदाधिकारी बैठकको पूर्वसन्ध्यामा नेता थापाले संसद बैठकका लागि निवेदन दर्तादेखि अध्यादेश फिर्ताका लागि बाध्य पार्नेसम्मको अनुरोध गरेका हुन्।

उनले उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प पार्न र उपसभामुख बिनाको संवैधानिक परिषद बैठक अस्वीकार गर्न पनि अनुरोध गरेका छन्।

थापाले पटक पटक पार्टी बैठकमा बरालिएका प्रधानमन्त्रीलाई बाँध्न, संसद अधिवेशन बोलाउन बाध्य पार्न, उपसभामुख नभएसम्म संवैधानिक परिषद बैठकमा नजान र संसदमा उपसभामुखको निर्वाचन गर्न बाध्य पार्न आग्रह गरे पनि यी विषयलाई त्यो बेला मनन नगर्दा आजको परिस्थिति आएको भन्दै नेतृत्वप्रति गुनासो पनि गरेका छन्।

आजको बैठकमा यी विषयलाई फेरि उजागर गरी अघि बढ्न उनले अनुरोध गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell