PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

विश्वकप लिग २: नेपालले मार्चमा अमेरिका र ओमनसँग सिरिज खेल्ने



पहिलोपोस्ट

विश्वकप लिग २: नेपालले मार्चमा अमेरिका र ओमनसँग सिरिज खेल्ने
फाइल फोटो

काठमाडौं: अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले भारतमा हुने विश्वकप २०२३ को मार्गको रुपमा रहेको लिग२ को तालिका सार्वजनिक गरेको छ। कोरोना महामारीका कारण स्थगित भएका लिग २ का खेलहरु मार्चबाट सुरु हुनेछन्।

नयाँ तालिका अनुसार नेपालले १९ देखि २८ मार्चका बीच अमेरिका र ओमनसँग ओमनमा त्रिकोणात्मक सिरिज खेल्नेछ। त्यस्तै स्कटल्याण्ड, नेपाल र नामिबियाबीचको खेल जुलाई महिनामा स्कटल्याण्डमा हुनेछ भने नेपाल, युएई र पपुवा न्युगिनीबीचको सिरिज सन २०२२ को फेब्रुअरीमा काठमाडौंमा हुने निर्धारित गरिएको छ।

त्यस्तै सन् २०२२ को मार्च अप्रिलमा नामिबियामा नेपाल, नामिबिया र स्कटल्याण्ड प्रतिस्पर्धा गर्नेछन्। सोही वर्षको जुलाईमा अमेरिका, ओमन र नेपालबीच अमेरिकामा प्रतिस्पर्धा हुनेछ। त्यस्तै सेप्टेम्बर अक्टोबर महिनामा नेपालले अमेरिका र पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्ने छ।

त्यस्तै सन् २०२३ फेब्रुअरीमा नेपाल, नामिबिया र स्कटल्याण्डबीच काठमाडौंमा प्रतिस्पर्धा हुनेछ। र त्यही महिना युएई, नेपाल र पपुवान्युगिनीबीच युएईमा प्रतिस्पर्धा हुनेछ।

कोभिड महामारी अघि नेपालले ओमन र अमेरिकासँगको त्रिकोणात्मक सिरिज आयोजना गरेको थियो।

लिग २ मा ७ वटा देशले प्रतिस्पर्धामा छन्। जसमा नेपालसहित स्कटल्यान्ड, युएई, नामिबिया, ओमन, पपुवा न्युगिनी र अमेरिका सहभागी छन्। लिग २ मा अब १४ सिरिजमा ९६ ओडिआई म्याच खेलिनेछन्। प्रतियोगिता सन् २०२१, २०२२ र २०२३ को सुरु सम्ममा सम्पन्न भइसक्ने छ।

लिग २ को तालिकामा १० खेल खेलेको ओमन १६ अंकसहित शीर्षस्थानमा छ भने १२ खेल खेलेको अमेरिका १२ अंक नै जोड्दै दोस्रो स्थानमा छ।

त्यस्तै ८ खेल खेलेको स्कटल्याण्ड र समान ७ खेल खेलेका नामबिया र पपुवा न्युगिनी क्रमश ९, ८ र ७ अंक जोड्दै तालिकाको तेस्रो चौथो र पाँचौं स्थानमा छन्। त्यस्तै ४ खेल खेलेर ४ अंक जोडेको नेपाल छैठौ स्थानमा तथा ८ खेलमा जितबिहीन पपुवा न्युगिनी तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell