PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

अध्यादेश र प्रतिवेदन दुवै फिर्ता गर्न ओली प्रचण्ड तयार, राष्ट्रपतिको हतारो फेरि बदनाम



प्रकाश भण्डारी

अध्यादेश र प्रतिवेदन दुवै फिर्ता गर्न ओली प्रचण्ड तयार, राष्ट्रपतिको हतारो फेरि बदनाम

काठमाडौं : नेकपामा जारी किचलो मत्थर हुने गरी राष्ट्रपतिद्वारा जारी अध्यादेश फिर्ता हुने भएको छ। स्थायी कमिटी बैठक अघि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा अध्यादेश फिर्ता गर्ने र संसद अधिवेशन आह्वान नगर्ने सहमति भएको प्रधानमन्त्रीका संचार विज्ञ रामशरण बजगाईले जानकारी दिए।

अहिले नेकपा स्थायी कमिटी बैठक जारी छ। दुई अध्यक्षबीच सहमति भएपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली बैठकमा सहभागी भएका हुन्। बजगाईका अनुसार नेताहरुबीच गएको भदौ २६ गतेको निर्णयमा फर्किने सहमति भएको छ। साथै दुवै अध्यक्षले पार्टीमा पेश गरेका प्रतिवेदन पनि फिर्ता हुने सहमति भएको छ।

यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक जारी गरेको अध्यादेश फिर्ता गर्नुपर्ने अवस्था आएको छ। राष्ट्रपति प्रधानमन्त्री ओलीको 'कठपुतली' भएको भन्दै चर्को आलोचना हुँदै आएको छ।

हिजो बिहान संवैधानिक परिषदको बैठक स्थगित भएपछि त्यही झोकमा प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको विषयमा अध्यादेश सिफारिस गरेका थिए। आफूअनुकूल हिसाबले ओलीले अध्यादेश जारी गर्न सिफारिस गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई जारी गरेकी थिइन्। उनको कदमलाई लिएर सत्तारुढ दल र प्रतिपक्षी दुवैले कडा निन्दा गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell