PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

एक सातामा ६४८३ जनामा कोभिड-१९ को संक्रमण, १.४ प्रतिशत संक्रमितको मृत्यु



पहिलोपोस्ट

एक सातामा ६४८३ जनामा कोभिड-१९ को संक्रमण, १.४ प्रतिशत संक्रमितको मृत्यु

काठमाडौं : पछिल्लो एक सातामा कोभिड-१९ को संक्रमणबाट ९२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले एक सातामा ९२ जनाको मृत्यु भएको जानकारी दिए। जुन पछिल्लो सातामा संक्रमण पुष्टि भएका संक्रमित संख्याको १.४ प्रतिशत हो।

यो एक सातामा ४३ हजार १६४ परीक्षण भएकोमा ६ हजार ४८३ जनामा कोभिड-१९ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए। जुन एक सातामा परीक्षण भएको १५ प्रतिशत हो।

यो एक सातामा आठ हजार ८७९ जना संक्रमण मुक्त भएका छन्। हाल नेपालमा ९ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन्।

यसैबीच पछिल्लो २४ घण्टामा पाँच हजार ५५५ जनाको नमुना परीक्षण गरिएकोमा ७३६ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये २९१ महिला र ४४५ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

यसबीच थप १३ जना संक्रमितको मृत्यु भएको छ भने ८७४ जना संक्रमित संक्रमण मुक्त भएका छन्। यो २४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये ३९१ काठमाडौं उपत्यकाका हुन्। जसमध्ये भक्तपुरमा २०, ललितपुरमा ७७ र काठमाडौंमा २९४ जनामा संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell