PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

३१ लाख बराबरको औषधिसहित ८ जना चितवनबाट पक्राउ



पहिलोपोस्ट

३१ लाख बराबरको औषधिसहित ८ जना चितवनबाट पक्राउ

काठमाडौं : इजाजतबिना औषधि ल्याई बिक्री गर्न खोज्ने ८ जना चितवनबाट पक्राउ परेका छन्। भारतबाट तस्करी गरी पर्साको ठोरी हुँदै चितवनको माडी तर्फ ल्याउने क्रममा इलाका प्रहरी कार्यलय माडीले विशेष सुराकीका आधारमा ३१ लाख ५ हजार ६ सय ३३ रुपैयाँ बराबरको औषधि बरामद गरेको हो।

पक्राउ पर्नेहरुमा कालिका नगरपालिका-४ बस्ने राजकुमार महतो, कालिका नगरपालिका-३ का हरिशरण चौधरी, माडी नगरपालिका-३ का बालकृष्ण महतो, मिलन महतो, मकवानपुर जिल्ला गढी गाउँपालिका-८ का सुरज गौतम, गढी-३ बस्ने प्रकाश दाहाल, हेटौँडा उपमहानगरपालिका-५ बस्ने उज्जव पोख्रेल र हेटौँडा-२३ बस्ने विपिन सापकोटा रहेका छन्।

इलाका प्रहरी कार्यलय माडीका प्रहरी निरीक्षक झलक शर्माको कमाण्डमा गएको टोलीले ना ४ ख ४४२५ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा अवैध औषधि सहित ८ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले बोरामा लुकाएर ल्याएको एन्टीअक्सीडेण्ट, सिलाजित, नेट्रोभित्ता, क्याल्सियमलगायतका औषधि बरामद गरेको छ।

चितवन प्रहरी प्रमुख नातिराज गुरुङले औषधि व्यवस्था विभागसँग राय सल्लाह लिए अनुसार थप अनुसन्धानको कार्य भइरहेको बताए। प्रारम्भिक अनुसन्धानमा नेटवर्किङ व्यापारमा संलग्नहरुले बिक्रीका लागि ल्याएको पाइएको उनले बताए।

प्रहरीले बरामद गरेको औषधि नेपालमा प्रयोगको लागि स्वीकृत नभएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका चिकित्सक देवेन्द्र यादवले बताए। -न्युज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell