PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

सरकारलाई असफल बनाउने षड्यन्त्र भएपछि अध्यादेश ल्याउनु पर्‍यो : सञ्चारमन्त्री



पहिलोपोस्ट

सरकारलाई असफल बनाउने षड्यन्त्र भएपछि अध्यादेश ल्याउनु पर्‍यो : सञ्चारमन्त्री

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारलाई अनिर्णयको बन्दी बनाई असफल बनाउने षड्यन्त्र भएपछि अध्यादेश ल्याउनु परेको बताएका छन्। बुधवार पत्रकार महासंघमा आयोजित कार्यक्रममा बोल्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले संवैधानिक परिषद्को बैठक बस्ने सम्बन्धमा सत्तारुढ दल भित्रैबाट अवरोध भएपछि विधेयक ल्याइएको बताएका हुन्।

लामो समयदेखि संवैधानिक परिषद्को बैठक कोरम नपुग्दा बस्न नसकेकोले अध्यादेश जारी गरेर भएपनि निकाश दिन खोजिएको उनले बताए। मन्त्री गुरुङले संसदलाई छलेर अध्यादेश नल्याएको पनि बताए। संसदको मर्यादा र संविधानको संरक्षण गर्दै राजनीतिक घेरा तोडेर निकास दिनका लागि अध्यादेश जारी गरेको पनि स्पष्ट पारे।

उनले भने, ‘सरकारलाई अब अनिर्णयको बन्दी बनाएर अयोग्य सावित गर्नका निम्ति कुनैपनि प्रकारको षड्यन्त्रलाई, घेरालाई तोडन पर्छ र त्यसबाट यो राष्ट्रलाई फेरि पनि एउटा निकास दिनुपर्छ भन्ने सोचबाट हो। अध्यादेश संसदबाट छलेर आएको होइन। फेरि पनि हामीले संसदको मर्यादा गर्दै संविधानको संरक्षण गर्दै अहिलेको घेरा तोड्दै सरकारले एउटा निकासको निम्ति हो। यो बाधा अड्काउ फुकाउ भने जस्तै हो।’

मुलुकलाई अनिर्णयको बन्दी बनाउने र सरकारलाई निरंकुस भयो भन्ने गरिएकोले पनि समस्या उत्पन्न भएको मन्त्री गुरुङले बताए। सरकारले पटकपटक संवैधानिक नियुक्तिका लागि परिषद्को बैठक राख्न प्रयास गर्दा समेत नसकेपछि निकास दिन अध्यादेश जारी गर्नुपरेको पनि उनको भनाइ छ। -न्युज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell