PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

श्रीराम सुगर मिल्सका सञ्चालकविरुद्ध पक्राउ पूर्जी जारी, 'किसानको ४१ करोड रुपैयाँ भुक्तानी बाँकी'



राधेश्याम पटेल

श्रीराम सुगर मिल्सका सञ्चालकविरुद्ध पक्राउ पूर्जी जारी, 'किसानको ४१ करोड रुपैयाँ भुक्तानी बाँकी'

वीरगंजः रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स प्रालिका सञ्चालकद्वय विशाल अग्रवाल र हितेश गोल्छामाथि पक्राउ पुर्जी जारी भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले बुधबार पक्राउ पुर्जी जारी गरी असुन्धानको क्रममा उनीहरुलाई पक्राउ गर्न टोली खटाएको हो।

रौतहटका प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहका अनुसार रौतहटका किसानहरुले बुधबार दिएको उजुरीका आधारमा अनुसन्धान गर्न कानुनी प्रक्रिया अन्तर्गत पक्राउ पुर्जी जारी गरिएको हो।

‘रौतहटका ४६ जना किसानले बुधबार उजुरी दर्ता गराउनुभएको छ। उहाँहरुले उखु बेचे बापतको ४१ करोड असुल गर्न बाँकी रहेको उल्लेख गर्नुभएको छ,’ उनले भने, ‘अन्य किसानको समूह पनि उजुरी दर्ता गराउने प्रक्रियामा छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell