PahiloPost

Jul 19, 2026 | ३ साउन २०८३

विप्लवका सेती महाकाली ब्यूरो इञ्चार्ज ढकाल कैलालीबाट पक्राउ



एम बम

विप्लवका सेती महाकाली ब्यूरो इञ्चार्ज ढकाल कैलालीबाट पक्राउ

कैलालीः सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका सेती महाकाली ब्यूरो इञ्चार्ज कैलालीबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विप्लव नेतृत्वको नेकपाका सेती महाकाली इञ्चार्ज गणेश ढकाल 'असल' पक्राउ परेका हुन्।

विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको र उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। 

उनका अनुसार ढकाललाई लम्कीचुहास्थित घरबाटै पक्राउ गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell