PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

पुल शिलान्यास कार्यक्रममा मन्त्री सोनलको गर्जन : प्रधानमन्त्रीले ल्याएको अध्यादेश निरकुंशताको पराकाष्ठा



राधेश्याम पटेल

पुल शिलान्यास कार्यक्रममा मन्त्री सोनलको गर्जन : प्रधानमन्त्रीले ल्याएको अध्यादेश निरकुंशताको पराकाष्ठा

वीरगंज : प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश निरकुंशताको पराकाष्ठा र लोकतन्त्रविपरीत भएको बताएका छन्।

महोत्तरीको लोहारपट्टी गाउँपालिका-४ गोरूका-पिपरारी सडकखण्डमा पर्ने बिगही नदीको पुल शिलान्यास गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्। उनले प्रधानमन्त्रीले जेजे मन लाग्छ त्यही गरिरहेको आरोप लगाए। अध्यादेश ल्याई सरकारले आफ्नो मनपरीको उदाहरण पेश गरेको उनको भनाइ थियो।

१७ करोड ७१ लाख १ हजारमा निर्माण हुने पुलको अन्तिम म्याद २०७९ वैशाख २ गतेसम्म छ। जसपाका वरिष्ठ नेता शरद्सिंह भण्डारीको प्रमुख आतिथ्यतामा भएको पुल शिलान्यास कार्यक्रममा संविधानसभा सदस्य डा विजय सिंह, धर्मेन्द्र साह, प्रदेश सांसद जैनुल राइन, सुजिता साह, कौशलकिशोर यादवलगायतको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell