PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

टोटेनहमलाई हराउँदै लिभरपुल शीर्षस्थानमा



पहिलोपोस्ट

टोटेनहमलाई हराउँदै लिभरपुल शीर्षस्थानमा

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले टोटेनहम हट्सपरमाथि जित निकालेको छ। एनफिल्ड स्टेडियममा भएको खेलमा घरेलु टोली लिभरपुलले २-१ गोलअन्तरले जित निकालेको हो।

घरेलु टोलीले खेलको २६ औं मिनेटमा मोहम्मद सलाहको गोलमा अग्रता बनाएको थियो। तर ३३ औं मिनेटमा टोटेनहमका सन ह्युङ मिनले गोल फर्काउँदा पहिलो हाफमा १-१ गोलको बराबरीमा रोकियो।

लिभरपुलको जितका लागि खेलको अन्तिम मिनेटमा रोबर्टो फर्मिन्होले निर्णायक गोल गरे। उनले एन्ड्र्यु रोबर्टसनको पासमा ९० औं मिनेटमा गोल गर्दै लिभरपुलको जित सुनिश्चत गरे। एभर्टनसँग सेप्टेम्बरमा पराजित भएयता प्रिमियर लिगमा टोटेनहमको १२ खेलपछि यो पहिलो पराजय हो।

जितसँगै लिभरपुल शीर्षस्थानमा उक्लिएको छ। १३ खेल खेलेको लिभरपुलको २८ अंक छ। त्यस्तै तालिकाको दोस्रो स्थानमा रहेको टोटेनहमले समान खेल खेलेर २५ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell