इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टस र एटलान्टा बराबरीमा रोकिएका छन्। युभेन्टस स्टेडियममा भएको खेलमा घरेलु टोली एटलान्टासँग १-१ को बराबरीमा रोकिएको हो।
खेलको २९ औं मिनेटमा फेडेरिको किएजाको गोलमा युभेन्टसले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको युभेन्टससँग रेमो फ्रेउलरले दोस्रो हाफमा एटलान्टालाई बराबरी लाएका थिए। उनले खेलको ५७ औं मिनेटमा गर्दै खेल बराबरीमा ल्याए।
खेलको ६१ औं मिनेटमा पेनाल्टीमा पाएको अवसमा क्रिस्टियानो रोनाल्डो चुक्न पुगे। युभेन्टसका किएजालाई एटलान्टाका खेलाडीले फउल गरेपछि युभेन्टसले पेनाल्टीको अवसर पाएको थियो। जसमा रोनाल्डोले अवसर पाएका थिए। तर एटलान्टाका गोलकिपर पिअरलुईगी गोल्लिनीले सही दिशा अनुमान गर्दै बल रोकेका थिए।
बराबरीमा रोकिएको युभेन्टस २४ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ। तालिकाको शीर्षस्थानमा रहेको एसीमिलानले गएरातिनै भएको अर्को खेलमा जिनोआसँग बराबरी खेल्दै अंकबाँडेको थियो। एसिमिलानको तालिकामा २८ अंक छ भने दोस्रो स्थानमा रहेको इन्टरमिलानको २७ अंक छ। त्यस्तै १८ अंक जोडेको एटलान्टा तालिकाको ८ औं स्थानमा छ।
