स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडमाथि संघर्षपूर्ण जित निकालेको छ। क्याम्प नाउमा भएको खेलमा घरेलु टोली बार्सिलोनाले सोसिडाडमाथि २-१ गोलअन्तरले जित निकालेको हो।
रोमाञ्चक खेलमा सोसिडाडले अग्रता बनाएको थियो। खेलको विलियन जोसले खेलको २७ औं मिनेटमा सोसिडाडलाई अग्रता दिलाएका थिए। तर त्यसको चार मिनेटमै बार्सिलोनाका जोर्डी अल्बाले खेल बराबरीमा ल्याए। अल्बाले खेलको ३१ औं मिनेटमा गोल गर्दा बार्सलोनाका लागि दोस्रो गोल फ्रेन्की डी जोङले ४३ औं मिनेटमा गरे। बार्सिलोना पहिलो हाफमा २-१ गोलअन्तरले अघि रह्यो। दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसक्दा बार्सिलोनाले २-१ गोल अन्तरले नै खेल आफ्नो पक्षमा पार्यो।
जितसँगै बार्सिलोना २० अंक जोडेर तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। उता सोसिडाडले भने पराजयसँगै शीर्ष स्थानमा अंकदुरी बढाउने अवसरमा चुक्यो। तालिकाको शीर्षतीनमा रहका रहेका एट्लेटिको मड्रिड, रियल सोसिडाड र रियल मड्रिडको समान २६ अंक छ।
