PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

लेवान्डोस्कीको दोहोरो गोलमा बायर्नको जित, पुरा गरे बुन्डेसलिगमा २५० गोल



पहिलोपोस्ट

लेवान्डोस्कीको दोहोरो गोलमा बायर्नको जित, पुरा गरे बुन्डेसलिगमा २५० गोल

जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा बायर्न म्युनिखले वुल्भ्सबर्गमाथि जित निकालेको छ। एलिनाज एरेना स्टेडियममा भएको खेलमा घरेलु टोली बायर्नले वुल्भ्सबर्गमाथि २-१ गोल अन्तरले जित निकालेको हो।

बायर्नको जितमा दुबै गोल रोबर्ट लेवान्डोस्कीले गरे भने वुल्भ्सबर्गका लागि म्याक्सिमिलियन फिलिपले सान्त्वना गोल गरे।

खेलको पाँचौं मिनेटमै फिलिपको गोलमा वुल्भ्सबर्गले अग्रता बनाएको थियो। तर पहिलो हाफको अतिरिक्स समयमा किंग्सले कोमनको पासमा गोल गर्दै रोबर्ट लेवान्डोस्कीले खेल बराबरीमा ल्याए। त्यस्तै उनले नै दोस्रो हाफमा अर्को गोल थपे। खेलको ५० औं मिनेटमा लेवान्डोस्कीले गरेको दोस्रो गोल बायर्नको जितका लागि निर्णायक बन्यो।

यो सँगै पोल्याण्डका ३२ वर्षे खेलाडी लेवान्डोस्कीले बुन्डेसलिगामा २५० गोल पुरा गरेका छ। यो कोषेढुंगालाई पार गर्ने उनी तेस्रो खेलाडी हुन्। उनी अघि गर्ड मुलर र क्लाउस फिस्चरले बुन्डेसलिगाका २५० गोल पुर्‍याएका थिए।

जितसँगै बायर्न तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। तालिकाको शीर्षस्थानमा २८ अंक जोडेको लेभरकुसन छ भने समान २७ अंक जोडेका बायर्न र आरबी लाइपजिग क्रमश दोस्रो र तेस्रो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell