PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

एसियन गेम्समा आलोपालो : २०३० को दोहामा, २०३४ को रियादमा



पहिलोपोस्ट

एसियन गेम्समा आलोपालो : २०३० को दोहामा, २०३४ को रियादमा

सन् २०३० को एसियन गेम्स् कतारको दोहामा र सन् २०३४ को एसियन गेम्स् साउदी अरबको रियादमा हुने भएको छ। सन् २०३० मा एसियन गेम्सका लागि प्रतिस्पर्धामा रहेका यी दुई देशबीच आयोजनाका लागि मतदान गरिएको थियो जसका आधारमा कतारले २०३० को र साउदीले २०३४ को एसियन गेम्सको आयोजना गर्ने अवसर पाउने भएका हुन्।

एसियन ओलम्पिक कमिटी (ओसीए) अध्यक्ष शेख अहमद अल फहद अल सबाहले दुई प्रतिस्पर्धी देशबीच आयोजनाबारे मतदान गराएर जित्ने देशलाई २०३० र अर्कोलाई २०३४ को एसियन गेम्सको जिम्मेवारी दिएकाले कसैको हार नभएको प्रतिकृया दिएका छन्। उनले भनेका छन्, 'कोही विजेता भएन, कसैको हार भएन।'

नेपाल ओलम्पिक कमिटीको तर्फबाट अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ ओमन पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell