PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

भक्तपुरको एक रिसोर्टमा अपराधिक धन्दा : बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चार जना समातिए



पहिलोपोस्ट

भक्तपुरको एक रिसोर्टमा अपराधिक धन्दा : बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चार जना समातिए

काठमाडौं : बालिकालाई जबरजस्ती करणी  गरेको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।

उनीहरुले बालिकालाई जागिर लगाइदिने भन्दै रिसोर्टमा पुर्‍याएर करणी गर्ने गरेको उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा रिसोर्टका संचालक बझाङ थलारा गाउँपालिका वडा नम्बर २ स्थायी घर भएका २६ वर्षीय निश्‍चल उपाध्याय, तनहुँ म्याग्दे गाउँपालिका वडा नम्बर ७ रानीश्‍वारा घर  भएका २० वर्षीया प्रदिप कुँवर,काभ्रेपलाञ्चोक भुम्लु गाउपालिका वडा नम्बर २ डटुवा स्थायी घर भएका प्रदिप केसी र गोरखा गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीबजारका अश्‍विन कुँवर रहेको प्रहरीले जानकारी दिएको छ।

मंसिर ३० गते दिउँसो भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ०७ हेल्मेट डाँडास्थित बाटो माथिको रिसोर्टमा बालिकाहरुलाई ललाई फकाई रेष्‍टुरेन्टमा जागिर दिने प्रलोभन देखाई बालिकाहरु काममा आएपछि रिसोर्टमा आएका ग्राहकहरुसँग यौनजन्य कार्यका लागि बालिकाहरुलाई जबरजस्ती पठाउने गरेको सूचनाको आधारमा अप्रेसन गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले जानकारी दिए।

एक १७ वर्षीया बालिकाले आफूलाई जबरजस्ती करणी गरेको बयान दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको डिएसपी गिरीले जानकारी दिए। भक्तपुर जिल्ला अदालतबाट थप अनुसन्धान गर्न दिन ५ को म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell