PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

श्रीलंकाबाट पछि हट्यो एमसीसी, अनुदान कार्यक्रम रद्द



पहिलोपोस्ट

श्रीलंकाबाट पछि हट्यो एमसीसी, अनुदान कार्यक्रम रद्द

काठमाडौं : मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)को निर्देशक समितिले श्रीलंकसँग भएको ४८० मिलियन डलर बराबरको सम्झौता रद्द गरेको छ। वासिङटन डिसीमा भएको निर्देशक समितिको चौमासिक बैठकले यस्तो निर्णय गरेको हो।

एमसीसीले २०१९ को अप्रिलमा ४८० मिलियन डलरको श्रीलंका कम्प्याक्ट स्वीकृत गरेको थियो। पाँच वर्षे अनुदान स्वीकृत भए पनि श्रीलंका सरकारले कम्प्याक्टमा हस्ताक्षर गरेको थिएन्। कम्प्याक्टमा हस्ताक्षर नहुँदा कम्प्याक्ट अन्तर्गतका कार्यक्रम अगाडि बढ्न सकेका थिएनन्। 
अघिल्लो रानिल विक्रमासिंगे सरकारले एमसीसी श्रीलंकामा ल्याउन प्रस्ताव गरेको थियो। तर, उनीमाथि संसदमा अविश्वासको प्रस्ताव लगियो। संसद विघटनको प्रयास भयो। नयाँ निर्वाचनमार्फत गोतावाया राजापाक्षे राष्ट्रपति भए। उनले आफ्ना दाजु महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री बनाए। 

नयाँ बनेको सरकार एमसीसीबाट पछाडि हट्यो। 

एमसीसी अन्तर्गत श्रीलंकाको भूमि व्यवस्थापन, सडकपूर्वाधार विकास गर्ने योजना तयार हुँदै थियो। एमसीसीको भूमिमा प्रवेश पाएसँगै श्रीलंकामा विरोध भएको थियो। 

जनवरीमा त्यहाँको सरकारले अध्ययनका लागि कमिटी बनाएको थियो। युनिभर्सिटीअफ कोलम्बोका प्रध्यापक ललितासिरी गुनारुवानको नेतृत्वमा बनेको कमिटीले सम्झौता रद्द गर्न सुझाव दिएको थियो। 

एमसीसीको बोर्ड सदस्यको रुपमा श्रीलंका पनि सहभागी थियो। योसँगै एमसीसीले सियरा लियोनलाई नयाँ सदस्यको रुपमा स्वीकृत गर्दै पाँच वर्षे अनुदान कार्यक्रमसमेत स्वीकृत गरेको छ। 

एमसीसीको निर्देशक समितिले बेनिन, बुर्किना फासो,कोटे डी आइभरी, र नाइजरलाई पुन: चयन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell