PahiloPost

Mar 21, 2026 | ७ चैत्र २०८२

संक्रमण नहुँदा तामझाम गरी राखिएका ट्यांकी अहिले भने बेवारिसे

संक्रमण नहुँदा तामझाम गरी राखिएका ट्यांकी अहिले भने बेवारिसे

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपालमा कोरोना संक्रमणको अवस्था 'जिरो' रहेको बेला काठमाडौंका धेरै स्थानमा हात धुनका लागि पानीका ट्यांकीहरु राखिएका थिए। कोरोना भाइरसबाट बच्न भन्दै साबुन पानीले हात धुने अभियान अन्तर्गत उपत्‍यकाभर विभिन्न स्थानमा पानीका ट्यांकी राखिनुका साथै हात धुने व्यवस्था गरिएको थियो।

माघमा नेपालमा पहिलो कोरोना संक्रमित पहिचान भएको थियो। त्यसको दुई महिनापछि मात्रै नेपालमा दोस्रो कोरोना केस देखिएको थियो। यसबीच फागुन महिनामा विश्वभर कोरोना संक्रमण फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै हात धुनका लागि ट्यांकीहरु राखिएका थिए। अत्याधिक भीड हुने बजारहरुमा त्यसको प्रयोग समेत भयो। विभिन्न संघसंस्थाहरुले स्थानीय तहसँगको सहकार्यामा ट्यांकीहरु राखेका थिए।

तर, अहिले यी ट्यांकी बेवारिसे भएका छन्। न ट्यांकीमा पानी छ, न त हात धुने व्यवस्था नै। बजारमा भीड भने बढ्दै गइरहँदा उपत्यकामा संक्रमणको जोखिम उच्च रहेको छ। हात धुनका लागि राखिएको बेसिनमा फोहोर जम्मा भएको छ। केही स्थानमा पानी ट्यांकीमा पानीको व्यवस्था गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell