PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

स्वास्थ्य मापदण्ड पालना गर्दै काठमाडौंमा खुल्यो विद्यालय,'इन्भेष्ट आफ्नै, अनुगमन अभिभावकको'

स्वास्थ्य मापदण्ड पालना गर्दै काठमाडौंमा खुल्यो विद्यालय,'इन्भेष्ट आफ्नै, अनुगमन अभिभावकको'

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं :  काठमाडौंमा कोरोना संक्रमणको जोखिम घटेको छैन। त्यसमाथि काठमाडौं महानगरभित्र संक्रमितको संख्या अन्य स्थानीय तहभन्दा धेरै नै रहेको छ। महामारीबीच अधिकांश क्षेत्रहरु खुल्ला भइसकेका छन्। कतै स्वास्थ्य प्रोटोकल पालना भएको छ त कतै छैन। यस अवस्थामा महानगरभित्रका सबै विद्यालयहरु भने संचालनमा आउन सकेका छैनन्। महानगरले पनि विद्यालय संचालन गर्न दिने 'रिक्स' लिन चाहेको छैन। यद्यपि, महागरभित्र स्थानीय तहसँग सहकार्य गरेर केही विद्यालयहरु भने खोल्न सुरु भइसकेको छ।

क्षेत्रपाटीको ढल्‍कोमा रहेको छ स्मल हेभन बोर्डिङ स्कुल। करिब १ महिनादेखि यो विद्यालय संचालन भइरहेको छ। त्यसैले बिहानैदेखि यो विद्यालयमा विद्यार्थीको चहलपहल देख्न सकिन्छ।

विद्यार्थीहरुको स्वास्थ्यलाई प्राथमिकतमा राख्दै विद्यालयले दुईजना नर्समा समेत कक्षा संचालन अवधि भर विद्यालयमा नै राख्ने व्यवस्था गरेको छ। यस्तै जाडो भएकोले सबै कक्षाकोठामा हिटर जडान गरिएको छ।

विद्यालयका फाउन्डर प्रिन्सिपल श्याम श्रेष्ठ भन्छन्, ' हामी बसै रिक्समा छौं। सकेसम्म हामीले सुरक्षा दिने हो। यो संक्रमण हामीले रोक्न सक्ने होइन। तर सुरक्षित हुने प्रयास गर्ने हो। त्यसैले विद्यार्थीको सुरक्षामा कुनै सम्झौता गरेका छैनौं।'

वडाबाट समेत आफ्नो विद्यालयको अनुगमन भइसकेको भन्‍दै उनले अभिभावकहरु समेत आफ्नो विद्यालयको व्यवस्थादेखि खुशी रहेको उनले बताए।

'वडाले त गरिरहन्छ अनुगमन। तर मुख्य अनुगमन गर्ने अभिभावकले हो। उहाँहरु खुशी छन् त्यसैले त आफ्नो छोराछोरीलाई हाम्रोमा पढ्न पठाएका छन्' उनले भने।

अहिलेको माहामारीको परिस्थितिमा विद्यालय संचालन गर्ने हो भने विद्यालय आफैले विद्यार्थीको सुरक्षाको लागि इन्भेष्ट गर्नुपर्ने उनी बताउँछन्। देखाउनलाई र शुल्क लिनलाई मात्रै विद्यालय संचालन गर्ने भए त्यो नगर्दा नै राम्रो हुने उनी बताउछन।

'स्कुलले पनि यस्तो बेला चिटिङ गर्नु हुँदैन। थर्मल गन देखाउन मात्रै गरेर विद्यालय संचालन गर्ने भए अहिले नगरेपनि हुन्छ। विद्यार्थीहरुलाई किन रिक्समा राख्ने। शूल्कमात्रै लिन विद्यालय खोल्न भएन' उनले भने।

हाल विद्यालयमा कक्षा १ देखि १० सम्मका कक्षामा करिब ५०० वियद्यार्थी छन्। अहिले ९० प्रतिशत विद्यार्थी भौतिक उपस्थितमा नै पढ्दैछन्। आलोपालो सिस्टममा।

मंसिर ७ गतेबाट पढाइ सुरु भएको थियो। प्राइमरी, लोअर सेकेन्डरी र सेकन्डरी गरी तीनवटा छुट्टाछुटैं भवनमा पढाइ हुने गरेको छ। त्यसैले पनि सबैलाई व्यवस्थित गरेर पढाउन सहज भएको श्रेष्ठ बताउँछन्।  

बिहान ८ देखि २ बजेसम्म पढाइ हुने गरेको छ। प्रत्येक सिफ्ट दुई घण्टाको हुन्छ। बिहान ९ र १० कक्षाको पढाइ हुन्छ। त्यसपछि ८ र ७ को विद्यार्थी आउँछन्। उनीहरु आआफ्नो कक्षा छुटाइएको भवनमा जान्छन्। कक्षा जानुअघि नर्सले उनीहरुको स्वास्थ्य परीक्षण समेग गर्ने गर्छिन्।

'सिफ्टमा गर्दा विद्यार्थीको भीड नि हुँदैन। सुरक्षित तरिकाले हामी कक्षा संचालन गर्दैछौं। प्रत्येक कक्षाको बेन्चमा १ जनामात्रै विद्यार्थी राखेका छौं' उनले भने।

कोरोना कहर सुरु भए देखिन नै  विद्यालयका सबै विद्यार्थी, शिक्षक, कर्मचारीको ५० हजारको बिमा गरेको श्रेष्ठ बताउँछन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell