PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

मन्त्रिपरिषद अघि संबैधानिक परिषद बैठक: प्रचण्ड र देउवासँग छलफल गर्ने तयारीमा ओली



पहिलोपोस्ट

मन्त्रिपरिषद अघि संबैधानिक परिषद बैठक: प्रचण्ड र देउवासँग छलफल गर्ने तयारीमा ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्। बालुवाटारमा साढे ५ बजे बैठक बोलाएको बालुवाटार निकट स्रोतले जनाएको छ। आजको बैठक केही बेर बसेर स्थगित गर्ने तयारी छ। मंगलवार बसेको संवैधानिक परिषदको बैठककै निरन्तरता भएको बताइएको छ। 

'अस्तिकै बैठकको निरन्तरता हो। आज बस्ने भनेर तय भइसकेपछि एक छिन् त बस्नु पर्यो नी,' स्रोतले भन्यो।

प्रम केपी ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र काँग्रेस सभापति शेरबहादुर देउवासँग अनौपचारिक छलफल गर्ने तयारी गरेका छन्। आजै ६ वजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।

बुधवार प्रधानमन्त्री ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएका थिए। चर्को दबाबपछि बुधवार ओली अध्यादेश फिर्ता लिन सहमत भएका थिए। अध्यदेश फिर्ताको प्रक्रिया सुरु नहुदै आज बैठक बस्न लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell