PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

भोलिबाट उपत्यकामा जोर-विजोर प्रणाली हट्ने



पहिलोपोस्ट

भोलिबाट उपत्यकामा जोर-विजोर प्रणाली हट्ने

काठमाडौं : उपत्यकामा कायम रहेको जोर विजोर प्रणाली हट्ने शुक्रवारबाट हटाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरुको छलफलले शुक्रवारबाट जोरविजोर प्रणाली हटाउने निर्णय गरेको हो।

यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधि समेतको छलफल पछि उपत्यकाभित्रको जोरविजोर प्रणाली हटाउने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए। 

लामो समयको लकडाउन र निषेधाज्ञापछि सवारी साधान सञ्चालनमा आए पनि जोरविजोर प्रणाली कायम गरिएको थियो। जोर विजोर प्रणालीले सवारी साधनमा चाप बढ्दै गए पछि खुला गरिने भएको हो।

स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अनिवार्य रुपमा पालना गर्दै सवारीसाधन सञ्चालन गर्न पाउने गरी जोर विजोर प्रणाली हटाइएको उनले जानकारी दिए। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जोर विजोर प्रणाली लागु हुँदा स्वास्थ्य प्रोटोकल पालना गर्न समस्या पर्दै गएकोले प्रणाली हटाउन अनुरोध गरिएको बताए। सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका प्रोटोकल पालना गरिने उनले बताए। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरबिजार प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए। कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell