PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

सात दिनभित्र उखु किसानलाई भुक्तानीको व्यवस्था गर्न सरकारलाई संसदीय समितिको निर्देशन



पहिलोपोस्ट

सात दिनभित्र उखु किसानलाई भुक्तानीको व्यवस्था गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं : संघीय संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको भुक्तानी ७ दिन भित्र गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले सात दिन भित्रमा उखु किसानको सबै भुक्तानी गराउने व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो। 

समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले उखु कृषकलाई सात दिन भित्र भुक्तानी गराउने काम सम्पन्न गरी सो को विवरण समितिमा उपलब्ध गराउन निर्देशन दिएको जानकारी दिए। ‘उखु कृषकहरुको भुक्तानी ७ दिन भित्र उद्योग मन्त्रालयले उखु कृषकहरुलाई भुक्तानी गराउने व्यवस्था गर्ने र सोको प्रगति विवरण सहित अर्को हप्ता समितिलाई जानकारी गराउने,’ निर्देशनमा उल्लेख छ। 

यस्तै समितिको बैठकले देशभरका श्रमिकहरुले पारिश्रमिक पाए नपाएको सम्बन्धमा अनुगमन र कारबाही गरी १५ दिन भित्रमा समितिमा प्रतिवेदन पेश गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ।

‘मन्त्रालयले श्रमिकहरुका विषयमा स्थलगत अध्ययन गरी श्रमिकहरुले पाउनुपर्ने सुविधाहरु, तलब, पारिश्रमिक के कति पाए, के कति पाएनन सोको आवश्यक छानविन गरी आवश्यक कारबाही समेत गरी १५ दिन भित्र यो समितिमा प्रतिवेदन पेश गर्ने,’ समितिले मन्त्रालयलाई दिएको निर्देशनमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell