PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

प्रचण्डसँगको छलफलपछि ओलीले गरे संवैधानिक परिषद्को बैठक स्थगित



पहिलोपोस्ट

प्रचण्डसँगको छलफलपछि ओलीले गरे संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार ५ बजेका लागि बोलाएको संबैधानिक परिषद्को बैठक स्थगित गरेका छन्।

बैठक अघि ओलीले अनौपचारिक छलफलका लागि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटार बोलाएका थिए। प्रचण्ड ओलीबीच छलफल भए पनि अध्यादेश फिर्ता भइसकेकाले अध्यादेश अनुसार बस्ने बैठकमा भाग नलिने भन्दै देउवाले बैठक बहिस्कार गरेका थिए।

मंगलवार ल्याएको संवैधानिक परिषदको अध्यादेशको चर्को आलोचना भएपछि ओलीले २४ घण्टा नबित्दै बुधवार फिर्ता लिएका थिए। संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै सांसदहरुको हस्ताक्षर लिएर नेकपाका सांसदहरु राष्ट्रपति निवास शीतल निवास पुगेपछि ओली अध्यादेशबाट पछि हटेका थिए।

अध्यादेश र संसद आह्वान दुबै प्रस्ताव फिर्ता लिने बुधवार सहमति भएको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell