PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

थप ७७६ जनामा कोभिड-१९ को संक्रमण, ६ जनाको मृत्यु



पहिलोपोस्ट

थप ७७६ जनामा कोभिड-१९ को संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं : नेपालमा थप ७७६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको ६ हजार ५८८ नमुना परीक्षणका क्रममा ३०८ महिला र ४६८ पुरुषमा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ५१ हजार ६९२ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या एक हजार ७४९ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ९४७ जना संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै नपालमा दुई लाख ४० हजार ३६३ जना संक्रमित संक्रमण मुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

हाल नेपालमा ९ हजार ५८० जना सक्रिय संक्रमित रहेका छन्। जुन कुल संक्रमितको ३.८१ प्रतिशत हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell