PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

मध्यम तथा गम्भीर बाहेकका संक्रमितलाई १० दिन मात्र आइसोलेसनमा राख्ने मन्त्रालयको निर्णय



पहिलोपोस्ट

मध्यम तथा गम्भीर बाहेकका संक्रमितलाई १० दिन मात्र आइसोलेसनमा राख्ने मन्त्रालयको निर्णय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर अवस्थाका बिरामी बाहेकलाई १० दिन मात्र आइसोलेसनमा राख्ने निर्णय गरेको छ।

'चिन्ह तथा लक्षण देखिएका बिरामीहरु आइसोलेसनमा (आइसोलेसन सेन्टर, अस्पताल) मोडरेट सेभर केस (मध्यम गम्भीर) बाहेक १० दिन मात्र रहने जानकारी गराइन्छ,' मन्त्रालयको नीति, योजना तथा अनुमगम महाशाखाको बिहीवार बसेको बैठक पछि जारी वक्तव्यमा उल्लेख छ। साथै सोही अनुसार हेल्थ म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एचएमआइएस)मा अध्यावधिक गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ। एचएमआइएसमा पोस्ट भए अनुसार मात्र मन्त्रालयले सोधभर्ना गर्ने जनाएको छ।

मन्त्रालयले कुनै अस्पतालले कोभिड १९ को विरामी भर्ना गरी उपचार गरेको र एचएमआइएसमा पोस्ट नगरेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय/प्रदेश /स्थानीय तहबाट हुने अस्पताल नवीकरण/सूचिकरण नहुनेसमेत जनाएको छ।

त्यस्तै उपचार गरेवापतको शोधभर्ना रकम माग गरिएका बिरामीहरुबाट कुनै पनि शुल्क नलिन मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell