PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ ह्वाटमोर



पहिलोपोस्ट

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ ह्वाटमोर

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन प्रशिक्षक डेभ ह्वाटमोर नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले आज एक विज्ञप्ति निकाल्दै ह्वाटमोरलाई नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो।

नेपाल र ओमन अमेरिकाबीचको त्रिकोणात्मक सिरिजसँगै यसअघिका भारतीय प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका थिए। त्यसयता क्यान मुख्य प्रशिक्षकको खोजीमा थियो।

क्यानले ह्वाटमोरसँगै जेनेरल म्यानेजरमा रौनकबहादुर मल्ल, चिफ फाइनाइन्स अफिसरमा रमेश कुमार न्यौपाने र क्रिकेट म्यानेजरमा विनोद कुमार दासलाई नियुक्त गरेको छ।

श्रीलंकामा जन्मिएका वाटमोरले अस्ट्रेलियन टीमबाट १९७९ मा डेब्यु गरेका थिए। खेल करियरमा भन्दा पनि प्रशिक्षकमा रुपमा उनी सफल देखिए। उनी प्रशिक्षक रहँदा श्रीलंकाले १९९६ को विश्वकप जितेको थियो। सन् १९९० यता श्रीलंका, बंगलादेश, पाकिस्तान जस्ता हेविवेट टिमहरुलाई सम्हालिसकेका छन्। सन् २०१४ मा जिम्बावेका प्रशिक्षक बनेका उनलाई सन् २०१६ को वर्ल्ड ट्रफीमा कमजोर प्रदर्शन पछि उनी त्यहाँको प्रशिक्षकबाट हटाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell