PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

ताण्डवमा सैफ बने राजनीतिज्ञ : 'हिन्दुस्तानमा जो प्रधानमन्त्री उही राजा'



पहिलोपोस्ट

ताण्डवमा सैफ बने राजनीतिज्ञ : 'हिन्दुस्तानमा जो प्रधानमन्त्री उही राजा'

सैफ अली खान अभिनित वेब सीरीज ‘ताण्डव’को टिजर रिलिज भएको छ। यो वेब सीरीज अमेजन प्राइममा स्ट्रीम हुनेछ। यो पोलिटिकल ड्रामा सीरीजलाई हिमांशु मेहरा र अली अब्बास जफरले उत्पादन गरेका हुन्। यो वेब सीरीज १५ जनवरीबाट प्रिमियर हुनेछ।

आज सार्वजनिक भएको एक मिनेटको टिजरमा सैफ पोलिटिसियनको भूमिकामा छन्। उनी टिजरमा भन्छन्, ‘हिन्दुस्तानलाई मात्र एक चिजले चलाउँछ, त्यो हो राजनीति। यो देशमा जो प्रधानमन्त्री हो उनी नै राजा हुन्।’ टिजरमा पोलिटिकल झण्डा र भीडभाड पनि देखिन्छ।

ताण्डवमा सैफ मुख्य भूमिकामा छन्। साथै डिम्पल कपाडिया, तिग्मांशू धूलिया, सुनील ग्रोवर लगायत कलाकारको अभिनय पनि देख्न पाइनेछ। राजनीतिक विषयमा आधारित वेब सीरीजमा राजनीतिक दाउपेचको खेल देख्न पाइने निर्माताले बताएका छन्।

ताण्डवका माध्यमबाट दर्शकलाई राजनीतिमा सत्ताको भोक र सत्तामोह देखाउने निर्माता अली अब्बास जफर बताउँछन्। उनी डिजिटल माध्यममा एक निर्माता-निर्देशकका रुपमा सुरुवात गर्न पाउँदा उत्साहित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell