PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

ट्याक्टर दुर्घटना हुुँदा चालकको मृत्यु



रासस

ट्याक्टर दुर्घटना हुुँदा चालकको मृत्यु

बैतडी : बैतडी बिहीवार ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका-८ का ट्याक्टर चालक २६ वर्षीय नरेशबहादुर विष्ट रहेका खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक मोती बमले जानकारी दिए।

सु-प-प्र ०१-००२ त ४९५७ नम्बरको ट्याक्टर गाउँपालिकाको सिल्लेगडा–माल्लेक सडकखण्डको घोडेधारमा दुर्घटनामा परेको हो। सिल्लेगडाबाट सरिया सिमन्ट बोकेर कुुकुुडेपानीतर्फ जाँदै गरेको ट्याक्टर तुसारो परेको सडकबाट चिप्लेको खोचलेक प्रहरी चौकीले जनाएको छ।

उक्त ट्याक्टरमा अन्य चार जना पनि सवार रहेका भए पनि उनीहरु सकुशल रहेका प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ। ट्याक्टर सडकमै पल्टेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell