PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

लागुऔषध मुद्दामा दोषी ठहर भई फरार रहँदै आएका एक जना कारागार चलान



रासस

लागुऔषध मुद्दामा दोषी ठहर भई फरार रहँदै आएका एक जना कारागार चलान

काठमाडौं : लागुऔषध मुद्दामा कैद सजायको फैसला भई फरार एक व्यक्तिलाई बिहीवार जेल चलान गरिएको छ।

उच्च अदालत पाटनको विसं २०६३ को फैसलाले पाँच वर्ष कैद र पाँच हजार रुपैयाँ जरिबाना हुने ठहर भई फरार हुँदै आएका काठमाडौं महानगरपालिका-१६ बस्ने कृष्णभक्त श्रेष्ठलाई बिहीवार कारागार चलान गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।

ब्यूरोको टोलीले बुधवार पक्राउ गरी फैसला कार्यान्वयनका लागि बिहीवार जिल्ला अदालत काठमाडौंमा पेश गरिएकामा बिहीवार नै अदालतले जेल चलान गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। पछिल्लो समयमा ब्यूरोले फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीको खोज तलासलाई तीव्रता दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell