PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

शुक्रवार र शनिवार काठमाडौंका विभिन्न स्थानमा बिजुली काटिने



रासस

शुक्रवार र शनिवार काठमाडौंका विभिन्न स्थानमा बिजुली काटिने

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले शुक्रवार बिहान ७ बजेदेखि १० बजेसम्म राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली काट्ने भएको छ। प्राधिकरणका अनुसार शुक्रवार बिहान तीन घण्टा र शनिवार मध्यान्ह १२ देखि ३ बजेसम्म पनि बिजुली कटौती हुने भएको छ। बालाजु सवस्टेशन भित्रको ११ केभीको ब्रेकर जडान गर्नुपर्ने भएकाले उक्त सवस्टेशनबाट वितरित बिजुली काटिनेछ।

त्यसमा बालाजु औद्योगिक क्षेत्र, ढुङ्गेधारा, महाराजगञ्ज, नयाँ बजार, धर्मस्थली फिडर सटडाउन हुनेछ। बिजुली काटिँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले माफी मागेको छ। निर्धारित कार्य समयअगावै सम्पन्न भएका सो समयभन्दा अगावै बिजुली आउनेसमेत प्राधिकरणले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell