PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

तीन महिनापछि सवारी साधनमा लगाइएको जोरबिजोर हट्यो, सडकमा सवारीको चाप बढ्ने



पहिलोपोस्ट

तीन महिनापछि सवारी साधनमा लगाइएको जोरबिजोर हट्यो, सडकमा सवारीको चाप बढ्ने

काठमाडौं : उपत्यकामा कायम रहेको जोरबिजोर प्रणाली आजबाट हटेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरुको छलफलले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको थियो। प्रशासनले जोरबिजोर हटेको सुचनासमेत सार्वजनिक गरिसकेको छ।

असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्र जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्लेट भएका सवारी चल्दै आएका थिए। यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधि समेतको छलफलपछि उपत्यकाभित्रको जोरबिजोर प्रणाली हटाउने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। 

लामो समयको लकडाउन र निषेधाज्ञापछि सवारी साधान सञ्चालनमा आए पनि जोरबिजोर प्रणाली कायम गरिएको थियो। जोरबिजोर प्रणालीले सवारी साधनमा चाप बढ्दै गए पछि खुला गरिने भएको हो। स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अनिवार्य रुपमा पालना गर्दै सवारीसाधन सञ्चालन गर्न पाउने गरी जोर विजोर प्रणाली हटाइएको उनले जानकारी दिए। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जोरबिजोर प्रणाली लागू हुँदा स्वास्थ्य प्रोटोकल पालना गर्न समस्या पर्दै गएकोले प्रणाली हटाउन अनुरोध गरिएको बताए। सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका प्रोटोकल पालना गरिने उनले बताए। 

सवारीमा जोरबिजोर हटेपछि उपत्यकाभित्र सवारीको चाप बढ्ने छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङक अनुसार काठमाडौं उपत्यकामा दैनिक ११ लाख भन्दा बढी  निजी तथा सार्वजनिक सवारी साधन गुड्ने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell