PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

गोठमा आगलागी हुँदा एक जनाको मृत्यु



पहिलोपोस्ट

गोठमा आगलागी हुँदा एक जनाको मृत्यु

काठमाडौंः सप्तरीमा आज एक जनाको आगजनीमा परेर मृत्यु भएको छ। 

राजबिराज नगरपालिका वडा नम्बर १६ बोरियामा ८५ वर्षीय झलाही यादवको आगो लागेर मृत्यु भएको हो। बिहान करिब ४ बजे गोठमा सुतिरहेको अबस्थामा आगो लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर प्रसादले जानकारी दिए।

यादवको घटनास्थलमा नै मृत्यु भएको थियो। आगो नेपाल प्रहरी, स्थानियबासी र दमकलको सहयोगमा नियन्त्रणमा आइसकेको डिएसपी भवनेश्वरले जानकारी दिए। शव पोष्टमार्टमको लागि गजेन्द्र नारायाण सिंह अस्पताल पठाएको प्रहरीले जानकारी दिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell