PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

योगासनलाई भारतमा खेलको मान्यता, अर्को वर्षबाट प्रतियोगिता गर्ने प्रस्ताव



पहिलोपोस्ट

योगासनलाई भारतमा खेलको मान्यता, अर्को वर्षबाट प्रतियोगिता गर्ने प्रस्ताव

मानिसको शारीरिक र मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण मानिने योगलाई भारतमा प्रतिस्पर्धी खेलको मान्यता दिइएको छ। बिहीवार भारतको खेलकुद मन्त्रालयले योगलाई प्रतिस्पर्धी खेलका रुपमा औपचारिक मान्यता दिएको हो।

भारतका खेलमन्त्री किरेन रिजेजु र आयुष मन्त्री श्रीपाद येस्सो नाइकले एक कार्यक्रमका बीच योगासनलाई प्रतिस्पर्धी खेलका रुपमा घोषणा गरेका हुन्।

'योगासन लामो समयदेखि प्रतिस्पर्धी खेल हो। तर यसलाई सरकारको आधिकारिक मान्यताको आवश्यकता थियो।' खेल मन्त्री रिजेजुले भनेका छन्, 'आज ठूलो दिन हो किनभने हामीले यसलाई औपचारिक खेलका रुपमा मान्यता दियौं।'

अघिल्लो साल योगगुरु रामदेवको अध्यक्षतामा अन्तर्राष्ट्रिय योगासन खेल महासंघको गठन गरिएको थियो। जसलाई राष्ट्रिय खेल महासंघको मान्यता प्राप्त छ।

प्रतिस्पर्धालाई चार इभन्ट र सात वर्गमा विभाजन गरी ५१ वटा पदक प्रस्तावित गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell