PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

बलात्कारी बाबु पक्राउ



रासस

बलात्कारी बाबु पक्राउ

गाईघाट: उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा १३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका–११ का ४० वर्षीय बाबुलाई केही समययतादेखि पटक–पटक बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो।

प्रहरीमा छोरी बलात्कार गरेको निवेदन परेपछि बिहीबार उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको उदयपुर जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताए। पीडित बालिकालाई जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गराइएको पनि प्रहरीले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell