PahiloPost

Nov 14, 2025 | २९ कात्तिक २०८२

बालविवाह गर्दा दुलाहा, दुलहीसहित अभिभावक प्रहरी फन्दामा, भागेर विहे गर्ने अर्को जोडी पनि समातियो



रासस

बालविवाह गर्दा दुलाहा, दुलहीसहित अभिभावक प्रहरी फन्दामा, भागेर विहे गर्ने अर्को जोडी पनि समातियो
PHOTO : facebook/Banjara Vadu Var Melava

गाईघाट: उदयपुरमा बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ परेका बालविवाह गराउने अभिभावक त्रियुगा नगरपालिका–३ भुल्केका पुष्प कोइराला, ताप्ली गाउँपालिका–५ का राधा खड्का र बेहुला आश्विन कोइराला र बेहुली गोमा खड्का रहेका छन्।

गत मङ्सिर १९ गते अभिभावकले नै जिल्लाको कटारी बजारमा लुकीछिपी विवाह गराएपछि प्रहरीमा निवेदन परेका कारण बिहीबार अभिावकसहित चार जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको प्रहरी प्रमुख दाहालले बताए। राधा खड्काकी छोरी १६ वर्षीया गोमा खड्का र पुष्प कोइरालाका छोरा २३ वर्षीय आश्विन कोइरालाबीच अभिभावकको उपस्थितिमा लुकीछिपी विवाह भएको प्रहरीले बताएको छ।

त्यसैगरी भागेर मन्दिरमा गई आफैँले सिन्दुर पोते गरेर बालविवाह गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार भागेर आफूखुशी बालविवाह गर्ने जोडी उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१६ सुकौराकी १६ वर्षीया खेली कार्की र अर्का उदयपुर गढी गाउँपालिका–६ भुमरेको १८ वर्षीय दुर्गाबहादुर खड्का रहेका छन्।

दुवै जोडीले गत मङ्सिर २८ मा गाउँकै एक मन्दिरमा गएर विवाह गरेपछि उदयपुर गढीको वडा नं ६ स्थित नेपालटार बजारमा बेहुलाका दिदी सुनिता फुँयालको घरमा लुकीछिपी बस्दै आएका थिए। पक्राउ परेका बालविवाहका जोडीलाई प्रहरीले अनुसन्धान शुरु गरेको प्रहरीले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell