PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

'स्टार वार्स' कलाकार जेरेमी बुलखको निधन



पहिलोपोस्ट

'स्टार वार्स' कलाकार जेरेमी बुलखको निधन

'स्टार वार्स' कलाकार जेरेमी बुलखको निधन भएको छ। उनको विहीवार ७५ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो। उनलाई केही वर्ष यता पार्किन्सन थियो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुर्‍याइएको हो।  

बीबीसीका अनुसार मृत्युको खबर पुष्टि गर्दै सार्वजनिक विज्ञप्तीमा लेखिएको छ – उनले पेशागत् हिसाबमा ४५ वर्ष लामो सफल समय बिताए।

उनले १७ वर्षको उमेरमा सांगीतिक फिल्म 'समर होलिडे'बाट डेब्यु गरेका थिए। स्टार वार 'द एम्पायर स्ट्राइक ब्याक' र 'रिटर्न अफ द जेडी'मा उनले निर्वाह गरेको बोबा फेट पात्र चर्चित छ। स्टार वार्सको आधिकारिक ट्वीटर ह्यान्डलबाट लेखिएको छ : अविस्मरणीय प्रस्तुति। बोबा फेटको रुपमा पहिलो पटक देखिएदेखि नै दर्शकलाई आकर्षित गरेका थिए।

उनका श्रीमती, तीन छोरा र दश नाती नातिनासहितको परिवार छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell