PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

उखु किसानको माझमा दुई मन्त्री



पहिलोपोस्ट

उखु किसानको माझमा दुई मन्त्री

काठमाडौं : उखुको भुक्तानी नपाएको भन्दै तराईबाट काठमाडौं आएका उखु किसानहरु आन्दोलनरत छन्। सरकारले उखु किसानलाई भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने बताएको छ। तर, अझैसम्म पक्राउ गरेको छैन।

यसैबीच उखु किसानहरुको आन्दोलनलाई सम्बोधन गर्न भन्दै दुई मन्त्री माइतिघर पुगेका छन्। उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट र संघीय मामिला मन्त्री हृदयश त्रिपाठी किसानहरुले धर्ना बसेको स्थान माइतीघर मण्डलमा पुगेर माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन्।

त्यस्तै आन्दोलन प्रति ऐक्यवद्धता जनाउनका लागि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि माइतिघर मण्डलमा पुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell