PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

२४ घण्टामा थपिए ७८२ कोभिड-१९ का संक्रमित १६ जनाको मृत्यु



पहिलोपोस्ट

२४ घण्टामा थपिए ७८२ कोभिड-१९ का संक्रमित १६ जनाको मृत्यु

काठमाडौं: पछिल्लो २४ घण्टामा थप ७८२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पाँच हजार ७०६ जनाको नमुना परीक्षणको क्रममा ३०५ महिला र ४७७ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा दुई लाख ५२ हजार ४७४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट १६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या एक हजार ७६५ पुगेको छ। यो कुल संक्रमितको ०.७० प्रतिशत हो।

यता पछिल्लो २४ घण्ठामा थप एक हजार २९ जना संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै संक्रमण मुक्त हुनेको संख्या दुई लाख ४१ हजार ३९२ पुगेको छ। यो कुल संक्रमितको ९५.६ प्रतिशत हो।

हाल नेपालमा कुल संक्रमितको ३.६९ प्रतिशत अर्थात ९ हजार ३१७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये काठमाडौं उपत्कयाका मात्र २८७ जना छन्। जसमध्ये काठमाडौंका २०२, ललितपुरका ७६ र भक्तपुरका ९ जना छन्। त्यस्तै पछिल्लो २४ घण्टामा कास्की जिल्लामा ५७ जनामा संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell