PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

चिसोले कठ्याङ्ग्रिएर बाजुरामा एक जनाको मृत्यु



रासस

चिसोले कठ्याङ्ग्रिएर बाजुरामा एक जनाको मृत्यु

मार्तडी : बाजुराको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका-९ मार्तडीका ३७ वर्षीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ।

विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिए। आफ्नै लापर्वाहीका कारण उनको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको नाथको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell