PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

स्वास्थ्य संस्थामा शिशु जन्माउनेलाई मेलुङ गाउँँपालिकाले दियो आठ हजार आठ सय रुपैयाँ



रासस

स्वास्थ्य संस्थामा शिशु जन्माउनेलाई मेलुङ गाउँँपालिकाले दियो आठ हजार आठ सय रुपैयाँ

दोलखा : नियमितिरूपमा जाँच गरी स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमालाई तत्कालै मेलुङ गाउँँपालिकाले आठ हजार ८०० रुपैयाँ दिने गरेको छ। आर्थिक वर्ष २०७७/०७८ को शुरुदेखि नै गाउँँपालिकाले संघीय सरकारले प्रदान गर्ने तीन हजार ८०० मा पाँच हजार रुपैयाँ थप गरेर सो रकम दिने गरेको हो।

सुत्केरी स्याहार खर्च र सुत्केरी पोषण खर्चका नाममा पालिकाका सबै वडामा सो रकम वितरण गरिँदै आएको छ। हालसम्ममा १०० जनालाई वितरण गरेको गाउँँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए। सुरक्षितरूपमा बच्चा जन्माएर बालमृत्युदर र मातृ मृत्युदर कम गर्ने उद्देश्यले जिल्लामै यो नमुना काम सो गाउँँपालिकाले गर्दै आएको छ।

मृतकको घरमै किरिया खर्च

उक्त गाउँँपालिकाभित्र जुनसुकै कारणले मृत्यु भएकाका परिवारलाई तत्काल पाँच हजार रुपैयाँ दिने गरेको छ। वडा सचिवमार्फत आफ्नो क्षेत्रभित्र मृत्यु भएका परिवारलाई तत्काल सहयोग पुगोस् भन्ने उद्देश्यले घरमै पुर्‍याइदिने गरेको हो। समाजलाई समाजिक रूपान्तरण गर्ने कुराको महशुस गर्दै गाउँँपालिकाको छैठौँ गाउँँसभा अधिवेशनबाट सो रकम दिँदै आएको अध्यक्ष श्रेष्ठले बताए।

आव २०७७/७८ बजेट नीति तथा कार्यक्रममा किरिया खर्चका लागि पाँच लाख रुपैयाँ र सुत्केरी पोषण खर्चका लागि पाँच लाख रुपैयाँ विनियोजन गरेकामा यसले नपुग्ने देखिएकाले आगामी हिउँदे अधिवेशनमा पाँच/पाँच रुपैयाँ लाख थप गर्ने गाउँँपालिकाकोले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell