PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

तत्काल नियमित संसद अधिवेशन बोलाउन देउवाको माग



पहिलोपोस्ट

तत्काल नियमित संसद अधिवेशन बोलाउन देउवाको माग
फाइल फोटो।

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल नियमित संसद अधिवेशन बोलाउन माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले नियमित संसद अधिवेशन बोलाउन माग गरेको हुन्।

संसद अधिवेशन बोलाउन आफूले पटक पटक पहल गरेको भन्दै देउवाले कांग्रेस एक्लैसँग संसदमा २५ प्रतिशत संख्या नभएकाले अन्य दलसँग पनि यस विषयमा छलफल भएको बताए। ति छलफलले सार्थकता नपाएकाले विषेश अधिवेशन माग गर्ने प्रक्रिया शुरु गर्न नसकेको उनको भनाइ छ।

उनले भनेका छन्, ‘संसद अधिवेशन बोलाउन मैले पटक पटक पहल गरेको थिए। कांग्रेस एक्लैसँग संसदमा २५ प्रतिशत संख्या नभएकाले अन्य दलका साथीहरुसँग पनि यस विषयमा छलफल भएको थियो। तर, ति छलफलले सार्थकता नपाएकाले विषेश अधिवेशन माग गर्ने प्रक्रिया शुरु गर्न सकेनौँ। अब तत्काल नियमित संसद अधिवेशन बोलाउन माग गर्दछु।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell