काठमाडौं: शनिवार ७ सय १० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ।
संक्रमणका कारण १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमण कारण मृत्यु हुनेको संख्या १ हजार ७ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ।
