PahiloPost

May 14, 2025 | १ जेठ २०८२

खैरहनी बजारमा प्रशासनको अनुगमन, खरिद बिल नदेखाउँदा १३ वटा पसललाई कारबाही



राधेश्याम पटेल

खैरहनी बजारमा प्रशासनको अनुगमन, खरिद बिल नदेखाउँदा १३ वटा पसललाई कारबाही

वीरगंज : चितवनको खैरहनी बजारमा प्रशासनले अनुगमन गरेको छ। पुस ३ र ४ गते गरिएको अनुगमनमा १३ वटा पसलाई तत्काल जरिबाना गरी कारबाही गरिएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज पर्साका निमित्त कार्यालय प्रमुख जितबहादुर भण्डारीको नेतृत्वमा गएको अनुगमन टोलीमा जिल्ला प्रसाशन कार्यालय चितवन, इलाका प्रहरी कार्यालय खैरहनी, खैरहनी नगरपालिकाको कार्यालगायतका प्रतिनिधिहरुको सहभागिता थियो। बजार अनुगमन टोलीले उपभोक्ता हितविपरीत काम गरेको पाउँदा १३ वटा फर्मलाई उपभोत्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्काल जरिबाना गरेको हो।

कारबाहीमा पर्नेमा पुष्पा होम डेकोर, खैरहनी २, जय माता सब्जी भण्डार, खैरहनी ६, अक्सफोर्ड ट्रेड लिंक (मोबाइल पसल), खैरहनी ४, सन्तोष पूजा सब्जी भण्डार, खैरहनी ६, महाकाली फर्निचर, खैरहनी ४, श्री राम खाद्य उधोग, खैरहनी ४ लाई जनही २०/२० हजार तत्काल जरिबाना गरिएको थियो भने यस इलेक्ट्रोनिक, खैरहनी २ लाई १० हजार, सहारा सुपर मार्केट, खैरहनी २ लाई पाँच हजार जरिबाना गरी कुल १ लाख ३५ हजार जरिबाना एक साताभित्र राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्ने निर्देशन दिइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजका सूचना अधिकारी दिलीप खंग खत्वेले जानकारी गराए। १३ वटा पसलले खरिद बिल नदेखाएकोले तत्काल जरिबाना गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell