PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

शितलहर छिचोल्न पर्सामा ज्येष्ठ नागरिकलाई ४४ लाखको न्यानो कपडा बाड्ने निर्णय



राधेश्याम पटेल

शितलहर छिचोल्न पर्सामा ज्येष्ठ नागरिकलाई ४४ लाखको न्यानो कपडा बाड्ने निर्णय

वीरगंज : पर्सामा चालू आर्थिक वर्षमा ४४ लाखको न्यानो कपडा ज्येष्ठ नागरिकहरुलाई बाड्ने निर्णय भएको छ। ज्येष्ठ नागरिक संघ पर्सासँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिले पर्साका विभिन्न पालिकामा न्यानो कपडा वितरण गर्ने भएको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए।

उनले पर्सामा शितलहर शुरु भइसकेकोले एक जना ज्येष्ठ विपन्न नागरिकलाई १२ सयदेखि १५ सयको हाराहारीमा एउटा टोपी, हाइनेक र कम्बल गरी ती प्रकारको कपडा वितरण गर्ने जानकारी गराए। त्यसैगरी, पर्सामा जाडोलाई छिचोल्न डिभिजन बन कार्यालय रौतहटसँग दाउरा माग गरिएको उनले बताए। पर्सामा दाउरा कटान नभएको अवस्थामा यस वर्ष डिभिजन बन कार्यालय पर्साले शितलहरमा जिल्ला विपद् व्यवस्थापन समितिलाई दाउरा उपलब्ध गराउन नसकेको उनले स्पष्ट पारे।

त्यसैगरी, शितलहरमा विशेष गरी बालबालिका, सुत्केरी महिला, वृद्धवृद्धालाई विशेष स्याहार सुसार गरे कसैको ज्यान नजाने उनले सुझाव दिए। उनले सबै जनतासँग शितलहरमा सावधानी अपनाउन अपिल गरे। यदि कसैलाई स्वास्थ्य सम्बन्धी समस्या आएको खण्डमा नजिकको स्वास्थ्य संस्था वा वीरगंजको नारायणी तथा विभिन्न निजी अस्पतालमा उपचारको लागि लैजान पनि आग्रह गरे। उनले स्वास्थ्य चौकी तथा विभिन्न अस्पताललाई शितलहरको बेला विशेष दायित्व निर्वाह गर्न निर्देशन दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell