PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

कैलालीमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ, ७ वटा मोटरसाइकल बरामद



एम बम

कैलालीमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ, ७ वटा मोटरसाइकल बरामद

कैलाली : कैलाली प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ। गत मंसिर २९ गते धनगढी उप-महानगरपालिका वडा नम्बर १ स्थित मालपोत कार्यालय अगाडि पार्किङ गरी राखेका बेला चोरी भएको से ३ प ३७४ नम्बरको  मोटरसाइकलको खोजीका क्रममा उक्त गिरोहलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका-२ का १९ वर्षीय अर्जुन विष्ट,  सोही ठाउँका जिपि अटोपार्ट्सका सञ्चालक २२ वर्षीय पारस विष्ट,  २० वर्षीय यमराज विक, २२ वर्षीय राजेश चौधरी,  ३० वर्षीय विदुर लामिछाने र  २० वर्षीय विकास सुवेदी रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए।

उनीहरूले गिरोह बनाएर संयुक्त रूपमा मोटरसाइकल चोरी गर्ने गरेको खुलेको छ। अन्य व्यक्तिहरू पनि यसमा संलग्न हुनसक्ने भन्दै प्रहरीले त्यसतर्फ अनुसन्धान भइरहेको जनाएको छ।

उनीहरूले जिल्लाका विभिन्न स्थानबाट चोरी गरेका ७ वटा मोटरसाइकल पनि बरामद गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध मोटरसाइकल चोरीमा मुद्दा दर्ता गरी जिल्ला अदालत कैलालीबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell