PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

बारा प्रहरीले बरामद गर्‍यो भारतबाट चोरी गरेर ल्याइएको सुमो



पहिलोपोस्ट

बारा प्रहरीले बरामद गर्‍यो भारतबाट चोरी गरेर ल्याइएको सुमो

वीरगंज : जिल्ला प्रहरी कार्यालय बाराले चोरीको टाटासुमो बरामद गरेको छ। विशेष सूचनाको आधारमा शुक्रवार बिहान ५ बजे कलैया उपमहानगर-५ बरेवाको सडकबाट बा २ च ८२७५ नम्बरको टाटासुमो बरामद गरिएको हो।

बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार जाँच गर्ने क्रममा सो गाडी चोरीको भएको पत्ता लागेको हो। नेपाली नम्बरको सो गाडीभित्रबाट भारतीय बिआर ३ पी ०३२१ नम्बरको ब्लुबूक फेला परेको र सो ब्लूबूकमा उल्लेख भए अनुसारको इन्जिन तथा चेचिस नम्बर बरामद गाडीसँग मेल खाएको डिएसपी मिश्रले बताए।

भारतबाट चोरी गरी नेपाल भित्रयाइ नेपाली नम्बर राखेर सञ्चालनमा ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए। बरामद गाडीलाई वीरगंज भन्सार पठाइएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell