PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कांग्रेस र जसपाद्वारा तत्काल संसद् अधिवेशन बोलाउन माग, साझा एजेण्डामा सहकार्य



पहिलोपोस्ट

कांग्रेस र जसपाद्वारा तत्काल संसद् अधिवेशन बोलाउन माग, साझा एजेण्डामा सहकार्य

काठमाडौँः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र प्रतिपक्ष दल जनता समाजवादी पार्टीले तत्काल संसद् अधिवेशन बोलाउन माग गरेका छन्। अधिवेशन बोलाउनका लागि दुई प्रतिपक्ष दलबीच सहकार्यको समझदारी पनि भएको छ।

शनिबार कांग्रेस सभापित शेरबहादुर देउवालाई भेट्न जसपा नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराईलगायतका नेताहरु बुढानीलकण्ठ पुगेका थिए। द्धिपक्षीय छलफलमा तत्काल अधिवेशन माग गर्ने समझदारी भएको हो।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले दुई बुँदे समझदारी भएका जनाएका छन्। दुई दलबीच तत्काल संसद् अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति भएको छ। यस्तै लोकतन्त्रको रक्षा, भ्रष्टाचारलगायतका जनसरोकारका विषयमा संसदमा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने पनि दुई दलबीच समझदारी भएको छ।

अधिवेशन विलम्ब भए पनि प्रतिपक्ष दलहरुले औपचारिक रुपमा कुनै पनि कदम अघी सारेका छैनन्। समझदारीसँगै बैठक आह्वानका लागि दबाब दिने पनि निर्णय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell