PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

क्रिस्टल प्यालेस घरेलु मैदानमा लिभरपुलसँग ७ गोलले पराजित



पहिलोपोस्ट

क्रिस्टल प्यालेस घरेलु मैदानमा लिभरपुलसँग ७ गोलले पराजित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा क्रिस्टल प्यालेस लिभरपुलसँग फराकिलो अन्तरले पराजित भएको छ। सेलहर्स्ट स्टेडियममा भएको खेलमा प्यालेस लिभरपुलसँग ७-० गोलअन्तरले पराजित भएको हो।

लिभरपुलको जितमा रोबेर्टो फर्मिन्हो र मोहम्मद सलाहले समान २/२ गोल गर्दा टाकुमी मिनामिनो, साडियो माने र जोर्डन हेन्डरसनले समान १/१ गोल गरे।

खेलको तेस्रो मिनेटमा नै मिनामिनोको गोलमा लिभरपुलले अग्रता बनाएको थियो। त्यस्तै ३५ औं मिनेटमा मानेले फर्मिनोको पासमा र ४४ औं मिनेटमा फर्मिनोले एन्ड्र्यु रोबर्टसनको पासमा गोल गरे। पहिलो हाफमै लिभरपुल ३-० गोल अन्तरले अघि रह्यो।

दोस्रो हाफमा हेन्डरसनले लिभरपुलका लागि अर्को गोल गरे। उनले खेलको ५२ औं मिनेटमा गोल गर्दा ६८ औं मिनेटमा फर्मिन्होले मोहम्मद सलाहको पासमा गोल गरे। त्यस्तै सलाहले ८१ औं र ८४ औं मिनेटमा गोल गर्दा लिभरपुलले प्यालेसमाथि ७-० को सानदार जित निकाल्यो।

जितसँगै लिभरपुलले अंकतालिकामा स्पस्ट ६ अंकको अग्रता बनाएको छ। शीर्ष स्थानमा रहेको लिभरपुलको ३१ अंक छ भने दोस्रो स्थानमा रहेको टोटेनहमको २५ अंक र तेस्रो स्थानमा रहेको साउथह्याम्टनको २४ अंक छ। क्रिस्टल प्यालेस भने १८ अंकसहित तालिकाको १२ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell