PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सर्वोच्च बारको अध्यक्षमा पूर्णमान शाक्य निर्वाचित, लोकतान्त्रिक प्यानललाई पदाधिकारीसहित बहुमत



पहिलोपोस्ट

सर्वोच्च बारको अध्यक्षमा पूर्णमान शाक्य निर्वाचित, लोकतान्त्रिक प्यानललाई पदाधिकारीसहित बहुमत
फोटोः लक्ष्मी दाहाल रावलको फेसबुकबाट

काठमाडौंः सर्वोच्च अदालत बार एशोसिएशनको अध्यक्षमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य निर्वाचित भएका छन्। कांग्रेस निकट कानुन व्यवसायीको संगठनबाट उम्मेदवार बनेका शाक्यले सत्तारुढ नेकपा निकट प्यानलका उम्मेदवार रविनारायण खनाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। पदाधिकारीसहित बहुमत सदस्य लोकतान्त्रिक समूहले जितेको छ। 

शाक्यले २९५ मत पाएका थिए। यस्तै, खनालले २५० मत पाए।

१५ सदस्यीय कार्यसमितिमा लोकतान्त्रिक समूहले अध्यक्ष र मुख्य पदाधिकारीसहित दश स्थानमा जित हासिल गरेको छ। प्रगतिशील समूहले उपाध्यक्षसहित चार सदस्यमा जित हासिल गरेको छ। 

निर्वाचन परिणाम अनुसार  उपाध्यक्षमा मुकुन्दप्रसाद पौडेल निर्वाचित भए। पौडेल प्रगतिशील समूहबाट उम्मेदवार थिए। 

यस्तै, सचिवमा लोकतान्त्रिक समूहका ऋषिराम घिमिरे निर्वाचित भए। सहसचिवमा शर्मिला श्रेष्ठ निर्वाचित भएकी छिन्। उनी लोकतान्त्रिक समूहकी उम्मेदवार हुन। यस्तै, कोषाध्यक्षमा पनि लोकतान्त्रिक समूहकै विनोदकुमार कार्की निर्वाचित भएका छन्। 

महिला सदस्यमा अमिता गौतम निर्वाचित भएका छिन्। गौतम लोकतान्त्रिक समूहबाट उम्मेदवार बनेकी हुन्। 

यस्तै, सदस्यहरुमा अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दीपनारायण शाह निर्वाचित भएका छन्। चारै जना प्रगतिशील समूहका उम्मेदवार हुन्। 

यस्तै, विकास भट्टराई, राजेन्द्रप्रसाद शाह, मिराज श्रेष्ठ, डा. रामहरि त्रिपाठी र निर्मला भण्डारी पनि सदस्यमा विजयी भएका छन्। पाँचै जना लोकतान्त्रिक समूहका उम्मेदवार हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell